शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकले शुरु गर्यो नेपालकै पहिलो एनिमेटेड भाइबर–स्टिकर प्याक “ग्रिटिङ्स फ्रर्म लक्ष्मी”

बुधबार, २५ मङ्सिर २०७६, १६ : १८
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं– लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।

भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

लक्ष्मी बैंक आफ्नो ग्राहकहरुमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पु¥याउन प्रतिबद्घ छ । भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम हो ।

यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ्ग बटको पुरक को रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएको बताइन् । उनले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजानु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरेको बताइन् ।

नेपालको १६औं वाणिज्य बैंकको रुपमा सन् २००२ मा स्थापना भएदेखि नै लक्ष्मी बैंकले आफ्नो सजिलो बैंकिङ्ग सेवाहरुका साथ विविध क्षेत्रका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ र नेपालको एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुनपुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप