शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ए’ डिभिजन लिग शनिबार

बुधबार, २५ मङ्सिर २०७६, १७ : २९
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शनिबार देखि सुरु हुने भएको छ ।
 दशरथ रंगशालामा सुरु हुने लिगको उद्घाटन खेलमा मछिन्द्रर ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो । 

लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ । आइतबार देखि प्रत्येक दिन दुई खेल हुनेछ । लिगका लागि १४ वटै क्लबले खेलाडी अनुबन्ध र तयारी सुरु गरेका छन् ।

 लिगमा हरेक क्लबले तीन जना विदेशी खेलाडी खेलाउन पाउनेछन् । २०७२ सालको भूकम्पका कारण क्षति पुगेको दशरथ रंगशालामा झन्डै पाँच बर्षपछि लिग फुटबल हुन लागेको हो । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापनसँगै रंगशाला फेरि फुटबल मय बन्न लागेको हो ।
 लिगमा कूल ९१ खेल हुनेछ । लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप