जापानका नेपालीद्धारा बाढी पीडितलाई सहयोग
मनोज भुजेल
सुनसरी – जापानमा रहेका नेपालीहरुले संकलन गरेको रकमले इटहरीका बाढी पिडितहरुलाई राहत बितरण गरिएको छ । हाल जापानमा रहेकी इटहरी निवासी तिर्था राईको सकृयतामा त्यहाँका नेपालीहरुले संकलन गरेको २२ हजार ६ सय २१ रुपयाँ नगदले बाढी पिडितहरुलाई पानी फिल्टर रहत स्वरुप बितरण गरिएको हो ।
संञ्चारकर्मी मनोज भुजेल मार्फत पठाइएको रकमले २५ थान पानी फिल्टर खरिद गरी पहिलो चरणमा १५ जनालाई हस्तानतरण गरिएको छ । बाढी प्रभाबित क्षेत्रमा पानी दुसित भएकाले पिडितहरु बिरामी भएपछि पानी प्रशोधन गरेर पिउनलाई सहज बनाउनलाई फिल्टर बितरण गरिएको हो । पहिलो चरणमा इटहरीको ९ र १० का १५ घर परिवारलाई फल्टर बितरण गरिएको थियो ।
यस्तै सुनसरीको धरानमा रहेको श्री कैलाशचन्द्र कान्ता देवी अग्रबाल मेमोरियल फाउन्डेसनले पनि संयुक्त रुपमा पिडितहरुको लागी त्रिपाल र झुल बितरण गरेको छ ।फाउन्डेसनका अध्यक्ष प्रबिन अग्रबाल र संञ्चारकर्मी मनोज भुजेलले संयुक्त रुपमा पिडितलाई राहत बितरण गरेका थिए । फाउन्डेसनले यसअघि पनि इटहरीको ४ नं वडाका १५ पिडित परिवारलाई त्रिपाल र झुल बितरण गरेको थियो ।
जापानमा बसेर पनि नेपालमा आएको बाढीले पिडितहरुको दुखमा मल्हम लगाउने कार्यमा सहयोग गरेको प्रति फाउन्डेसनका अध्यक्ष अग्रबाल र संञ्चारकर्मी भुजेलले जापानका नेपाली प्रति सम्मान प्रकट गरेका थिए । हाल जापानमा रहेकी तिर्था राईले फेरी पनि बाढी पिडितहरुको लागी आर्थिक संकलन गरेर राहतमा सहयोग गर्ने बताएकी छिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद