पत्रकार यादवमाथि दुर्व्यवहार
लहान सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा केही दिनदेखि उत्पन्न समस्या समाधानका लागि भइरहेको छलफलको समाचार संकलन गर्न पुगेका पत्रकार मुकेशकुमार यादवमाथि दुर्व्यवहार भएको छ । आन्दोलनरत पक्ष र गाउँपालिकाका पदाधिकारीसहितको छलफलको समाचार संकलन गर्न पुगेका बेला आफुमाथि समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले दुर्व्यवहार गरेको पत्रकार यादवले बताए ।
गाउँपालिकाका अध्यक्षले दलिय हिसाबले बजेट बाडफाँड गरेको, हरहिसाब पारदर्शी नभएको तथा पूर्वाग्रही रुपमा विशेषसभा गरेको लगायतका आरोप लगाउँदै नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा स्थानीयहरुले विरोध प्रर्दशन गर्ने क्रममा गत आईतबार झडप हुदाँ वडा नम्बर ३ का वडाअध्यक्ष राजेश्वर साह सुडीसहित आधा दर्जन घाईते भएका थिए ।
आन्दोलनरत जनप्रतिनिधिहरुको माग सम्बोधन गर्दै समस्या समाधान गर्न आज सर्वपक्षीय छलफल बोलाइएको थियो । छलफलमा बसिरहेका बेला नेता गुप्ताले बैठकमा पत्रकारलाई किन बस्न दिने भन्दै प्रहरी प्रशासन लगाएर आफुलाई बाहिर निकालिएको पत्रकार यादवको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै