शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झम्सिखेलमा यःमरि महोत्सव हुने

बुधबार, २५ मङ्सिर २०७६, २० : १८
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । विहीबार यःमरि पुन्हिको दिन सेभेन सिजन लाउन्स बारले यःमरि महोत्वस आयोजना गर्ने भएको छ । ललितपुरको झम्सिखेलस्थित लाउन्स बारले यःमरि पुन्हिको दिन यःमरिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागेको हो । 

 यःमरि पुन्हि हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायमा विशेष मनाइने मनाउने गर्दछन्। जसमा तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइने विशेष प्रकारको परिकार हो, यःमरि । नेवार समुदायमा यो परिकार यःमरि पुन्हिको दिने खाने चलन छ ।

महोत्सवमा यःमरि प्रदर्शनसँगै नेवारी भेषभूषा तथा संस्कृति झल्काउने फेसन एवं नृत्य समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । उक्त फेसन शोका लागि इभेन्ट मेनेजमेन्ट कम्पनी आरएनआर गुरुपले संयोजन गरेको छ । 

आरएनआर गुरुपकी अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार कार्यक्रममा मोडलहरु नेवारी भूषभूषामा ¥याम्पमा उत्रँनेछन् भने नेवारी संस्कृति झल्काउने गीतसंगीत समेत प्रस्तुत गरिने छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप