शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘अवरोध हटेसँगै अब विकासले गतिलिन्छ’

बुधबार, २५ मङ्सिर २०७६, २१ : ००
बुधबार, २५ मङ्सिर २०७६

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणमा देखिएका अवरोधलाई हटाउने बताएका छन् । पोखरा महानगरपालिका–२३ चापाकोटमा शुरु भएको चापाकोट देउराली सामुदायिक घरबास (होमस्टे) सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले विकासका बाधकलाई हटाएर गाउँगाउँसम्म विकास पु¥याउने बताए ।

सरकारले प्रदेशका पाँच लाख ७८ हजार घरमा विद्युतीकरण गर्ने काम थालेको बताउँदै उनले नेपालमा धेरै विद्युत् उत्पादन गर्ने गण्डकी प्रदेश भएको भन्दै सबै घरमा बिजुली पु¥याउन सरकारले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेर काम थालिसकेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजीव पहारीले फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्ने बताउँदै महानगरपालिकाले फेवाताल बताउन चेकड्याम निमार्णको काम थालेको बताए । पोखराको पर्यटन फेवातालसँग जोडिएकाले फेवातालको संरक्षण र संवद्र्धनमा सबै सरोकारवाला निकायले चासो दिनुपर्नेमा उनको जोड थियो । 

पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले महानगरकै वडा भए पनि त्यस क्षेत्रमा पक्की सडक र पुलको अभावमा स्थानीय जनतालाई अप्ठेरो परेको गुनासो सुनाए । 

महोत्सव उद्घाटन कार्यक्रममा चापाकोट गाविसका पूर्वअध्यक्ष भेषराज पराजुली, शिवलाल पराजुली,  भिटोफका पूर्वअध्यक्ष तारानाथ पहारी, लोकदोहोरी गायक प्रजापति पराजुली लगायतले महोत्सवले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप