शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस  काउन्सिलको आपत्ति

बुधबार, २५ मङ्सिर २०७६, २२ : ०४
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौं । पछिल्लो पटक गरिएको पत्रपत्रिका वर्गीकरुणबारे वास्तविक तथ्य, यथार्थताको गहिराइमा नपुगी अन्योन्याश्रित सम्बन्ध भएका संस्थाहरूबाटै अमर्यादित र गैरजिम्मेवार टिप्पणी भएको भन्दै प्रेस काउन्सिल नेपालले आपत्ति जनाएको छ । 

पत्रपत्रिका वर्गीकरण (आव २०७४/७५) को नतिजा सार्वजनिकपछि जिम्मेवार पक्षबाट नै काउन्सिल, काउन्सिल पदाधिकारी र कर्मचारीविरुद्ध फैलाइएका गलत र भ्रामक अफवाहका विरुद्ध आज बसेको प्रेस काउन्सिल नेपालको आकस्मिक बैठकले नतिजाको विषयलाई लिएर पत्रकारितासँग सम्बन्धित कतिपय जिम्मेवार सङ्घसंस्था, निकायबाट काउन्सिल, यसका पदाधिकारी र कर्मचारीको चरित्र, कार्यशैलीका विषयलाई लिएर अराजक र अपुष्ट टिप्पणीहरू आइरहेकोप्रति आपत्ति जनाएको हो । 

‘तोकिएअनुसार सबै पक्षको मूल्याङ्कन गरी वर्गीकरण नतिजा सार्वजनिक भएको र सोउपर चित्त नबुझेको हकमा आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको थियो, प्रकाशित नतिजामा चित्त नबुझे पुनरावलोकनको बाटो खुला गरिरहेकै अवस्थामा नतिजाका बारेमा भएका टिप्पणी, आलोचना, कमजोरी, गल्ती, त्रुटि भएमा सच्याउने मौका भएको र प्रक्रियामा रहेकोमा काउन्सिलको मानमर्यादामा आँच पु¥याउने गरी भएका गतिविधि र टिप्पणीप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ’–काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

पत्रपत्रिकाहरूको वितरण सम्परीक्षण समितिले मापदण्डअनुसार मूल्याङ्कन गरी प्रतिवेदन पेश गरेको आधारमा मूल्याङ्कनका क्रममा सम्बन्धित पत्रपत्रिकाले पेश गरेको विवरणको अध्ययन, प्रकाशन सङ्ख्या, वितरण क्षेत्र, प्रकाशन निरन्तरता (वर्ष र  अङ्क) आचारसंहिता, विशेषज्ञको मूल्याङ्कनसमेतबाट प्राप्त अङ्कका आधारमा राष्ट्रियस्तर, प्रदेशस्तर, स्थानीयस्तरका क, ख, ग र घ मा वर्गीकरण गर्दै आएको छ तर पछिल्लो आर्थिक वर्षको जतिजा चित्त नबुझेको भन्दै विभिन्न सञ्चार संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप