शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफूलाई दिने भनिएको अवार्ड रणवीरलाई दिएपछि कार्यक्रम बीचमै छोडे शाहिदले

बिहीबार, २६ मङ्सिर २०७६, ०८ : २१
बिहीबार, २६ मङ्सिर २०७६

बलिउड अभिनेता शाहिद कपूरले  आफूलाई दिने भनिएको अवार्ड रणवीर सिंहलाई दिएपछि कार्यक्रम बीचमै छोडेका छन् ।  उनलाई उत्कृष्ट अभिनेताको अवार्ड दिने पक्का गरिएको थियो । 

एक अवार्ड कार्यक्रममा उनको फिल्म ‘कबीर सिंह’ ले अवार्ड पाउने तय भएको भए पनि अन्तिम सयममा ‘गली ब्वाई’ बाट रणवीर सिंहलाई अवार्ड दिइएको थियो ।

शाहिद कपूरले अवार्ड पाउने निश्चित भएको र उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती पनि दिने तयारीमा थिए । त्यसको लागि उनी तयारी पनि गरिरहेका थिए । तर, अन्तिम समयमा अवार्ड रणवीर सिंहलाई दिएपछि उनी रिसाएर प्रस्तुती समेत नदिई कार्यक्रम छोडेर गएको भारतीय सञ्चार माध्इममा उल्लेख गरिएको छ ।

उनी अभिनित फिल्म ‘कबीर सिंह’ यो वर्ष बक्स अफिसमा निकै राम्रो कलेक्शन गरेको थियो । फिल्मको जम्मा कमाई २८० करोड भारु छ भने यस फिल्मले दर्शकको मन पनि उत्तिकै जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप