बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो र हिगुइनको गोल

बिहीबार, २६ मङ्सिर २०७६, १० : ५२
बिहीबार, २६ मङ्सिर २०७६

सुपरस्टार क्रिस्टियानो रोनाल्डो र गोन्जाहो हिगुइनले गोल गरेपछि इटालियन महारथि युभेन्ट्सले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर लिभरकुशनमाथि सहज जित निकालेको छ ।

समूह ‘डी’ अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्ट्सले बायर लिभरकुशनलाई २–० गोलले हरायो । जितसँगै युभेन्ट्स समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउच चरणमा प्रवेश गरेको छ । बायरको मैदानमा भएको खेलमा युभेन्ट्सलाई जिताउन रोनाल्डोले ७५औं र हिगुइनले खेलको अन्तिम समयमा गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा स्पेनिस जाइन्ट किलर एट्लेटिको म्याड्रिडले लोकोमोटिभ मस्कोलाई २–० गोलले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनायो । एट्लेटिको जितमा किरन ट्रिप्पियरले १७औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । अर्को गोल जोआओ फिलिपेले ५४औं मिनेटमा गरेका थिए । यस समूहको विजेता युभेन्ट्सले ६ खेलबाट १६ अंक बनायो । उपविजेता एट्लेटिको १० अंक सहित दोस्रो स्थानमा रह्यो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप