शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड सम्मानित

बिहीबार, २६ मङ्सिर २०७६, १२ : १५
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं – ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसनले एशिया मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९बाट सम्मानित गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेम राज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका छन् । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आइबीसी लाई धन्यवाद दिंदै कम्पनीको उपलब्धिमा आ– आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउनु हुने सम्पुर्ण ग्राहकबर्गहरु, शेयरधनीमहानुभावहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरे ।

यस सम्मानबाट हामीलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा सवै क्षेत्रबाट सदा झैं सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साथै एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई बर्ष भरिनै नेपालले नेपाल भ्रमण बर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप