शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टीबारे जथाभावी बोल्ने नेतालाई समाजवादी पार्टीले कारवाही गर्ने

बिहीबार, २६ मङ्सिर २०७६, १३ : १६
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । समाजवादी पार्टीले  पार्टी हितविपरित जथाभावी बोल्ने आफ्ना नेता तथा कार्यकर्तालाई कारवाही गर्ने भएको छ ।

आज बस्ने केन्द्रीय पदाधिकारीको बैठकमा त्यस विषयमा छलफल गरि निर्णय लिइने प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बाेलेमा उसलाई अनुशासनको कारवाही गर्ने विषयमा निर्णय गर्ने उनले बताए ।

विगत केही दिनयता केही मिडियामा नेताको उद्धरण सहित  पार्टी एकतामा असर पुग्ने गरी समाचार आएका छन् । त्यस विषयमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल भएको उनले बताए ।
कतिपय नेतालाई अध्यक्ष यादवले फोन गरेर सचेत पनि गराइसकेका छन् ।

दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कार्बाही प्रक्रिया अगाडि बढाउने सहमति भएको उपप्रमुख पाण्डेले बताए ।

आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय पदाधिकारीको बैठक बालकुमारीमा बस्दैछ । बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा पनि छलफल हुनेछ । साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे समेत बैठकमा छलफल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप