शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्छ: कुलमान घिसिङ

बिहीबार, २६ मङ्सिर २०७६, १३ : २८
बिहीबार, २६ मङ्सिर २०७६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतिकरण गर्नुपर्ने बताएका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतिकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए । क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको बताए ।

प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत बताएका छन् । माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप