दैलेखमा चितुवाको छालासहित एक पक्राउ
बिहीबार, २६ मङ्सिर २०७६, १८ : २०
दैलेख । दैलेखमा चितुवाकोे छालासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनिनगरपालिका–४ तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले बुधबार दिउँसो शाहीको घरबाट सात फिट आठ इन्च लम्बाइ र दुई फिट दुई इन्च चौडाइ भएको पाटे चितुवाकोे छालासहित पक्राउ गरेको वलीले बताउनुभयो । उहाँको घरबाट ९५ वटा चितुवाकोे हड्डीका टुक्रा पनि बरामद गरिएको छ ।
वन डिभिजन कार्यालय दैलेखका प्रमुख मनबहादुर रावतले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र निमावली, २०३१ अनुसार कारवाही हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा