दशरथ रंगशालामा नेपाल निलो र जापान जेएफएल भिड्दै
बिहीबार, २६ मङ्सिर २०७६, २१ : २३
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम निलो र जापानको जेएफएल यू–२३ टिमबीच सुक्रबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । मैत्री खेलका लागि जापानी टोली काठमाडौं आइसकेको छ ।
नेपाली फुटबल खेलाडीलाई एक्पोजर दिनका लागि जापानलाई बोलाएर मैत्रीपूर्ण खेल आयोजना गरिएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले बताए ।
जापानसँगको खेलमा नेपालको सिनियर टोलीका केही र अन्य खेलाडी मिसाएर खेलाईनेछ । मैत्रीपूर्ण फुटबल दिउँसो ३ बजे सुरु हुनेछ ।
एन्फाले मैत्री खेलका लागि दर्शक सुल्क साधारण प्यारापिटको पाँच सय र भिआईपी प्यारापिटको एक हजार रुपैयाँ कायम गरेको छ । जापानी टोलीले आइतबार नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँग पनि आइतबार मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै