बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मिस वर्ल्डमा ‘मल्टिमिडिया अवार्ड’ पनि जितेपछि अनुष्का श्रेष्ठले भनिन्, ‘बधाई तपाईंलाई, नेपाललाई, नेपालीलाई’

शुक्रबार, २७ मङ्सिर २०७६, ०७ : ०५
शुक्रबार, २७ मङ्सिर २०७६


बेलायतको लण्डनमा जारी मिस वर्ल्स २०१९ को ६९ औं संस्करणमा मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड पनि हात पारेकी छिन् ।

यो जितसँगै उनले मिस वर्ल्डको शीर्ष ४० मा आफ्नो स्थान सुनिश्चित गरेकी छिन् ।

नेपालले मल्टिमिडिया अवार्ड आफ्नो पोल्टोमो पारेको बारे जानकारी दिइएको अनुष्का श्रेष्ठको एक भिडियो सन्देश मिस वर्ल्डले आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गरेको छ ।

पाँच घण्टा अघि पोष्ट भएको उक्त भिडियोमा अनुष्काले उज्यालिएको अनुहारसहित भनेकी छिन्, ‘नेपालले भर्खरै मल्टिमिडिया अवार्ड हात पारेको छ । यो अवसरमा फेसबुक, इन्स्टाग्राम, वेबसाइट, मोबस्टारमार्फत् भोट गर्ने प्रत्येक व्यक्तिलाई धन्यवाद दिन चाहन्छु । बधाई तपाईंलाई, हामीलाई, नेपाललाई, नेपालीलाई र संसारभरी छरिएका नेपालका शुभचिन्तकलाई । धन्यवाद । यो हाम्रो जित हो ।’


सोसल मिडिया अकाउन्टमा सबैभन्दा धेरै भोट, लाइक, सेयर पाउने प्रतिस्पर्धीलाई मल्टिमिडिया अवार्डको उपाधि प्रदान गरिन्छ ।

यसअघि अनुष्काले ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा पनि जित हासिल गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप