शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घमण्डी कलाकार, खराब आचरणले सधैं चर्चित

शुक्रबार, २७ मङ्सिर २०७६, १० : १४
शुक्रबार, २७ मङ्सिर २०७६

बलिउड उद्योगमा हुने हरेक घटनाको बारेमा जान्नका लागि दुनियाँ सधैं अग्रसर रहन्छ । बलिउका फिल्महरु, कलाकार र कलाकारसँग सम्बन्धित हरेक कुरा मानिसहरु चाख मानेर पढ्ने, सुन्ने र हेर्ने गर्छन् । प्रायःजसो कलाकारका व्यक्तिगत जीवनको विषयमा मानिसहरुको रुची धेरै पाइन्छ । उनीहरुको वास्तविक जीवनशैली, सम्बन्ध र आचरण कस्तो होला भन्ने धेरैलाई चासो लाग्छ । 

हरेक व्यक्तिमा राम्रो र नराम्रो गुण त अवस्य नै हुन्छन् । मान्छे आफूलाई अरुसामु कसरी प्रस्तुत हुन्छ भन्ने कुरा नै महत्वपूर्ण हुनेगर्छ । यसैबीच आज हामी बलिउडका घमण्डी कलाकारका विषयमा केही किस्सा बताउँन लागेका छौं । जो सधै खराब व्यवहारका कारण चर्चामा आइरहन्छन् । 

जया बच्चन अर्थात बउिडका महानायककी श्रीमती, अभिनेत्री तथा सांसद ।  उनका पछिल्ला दिनहरुमा बारम्बार रिसाएका भिडियोहरु भाइरल भइरहन्छन् । उनी कहिले फोटोग्राफरलाई गाली गरिरहेकी भेटिन्छिन् त कहिले फोटो खिचेकोमा आपत्ति जनाइरहेकी हुन्छिन् । 

अर्की अभिनेत्री हुन् । साथै उनै जया बच्चनकी बुहारी अभिषेक बच्चनकी श्रीमती ऐश्वर्या राय । सुन्दरताकी खानी राय खराब आचरण भएकी अभिनेत्रीमा गनिन्छिन् । उनलाई रिसाहा अभिनेत्री पनि भनिन्छ । उनी आफ्नै को–स्टारसँग पनि राम्रो व्यवहार नगर्ने, मिडिया र मानिसहरुको खिल्ली उडाउने गर्छिन् । 

यसै सूचिमा सुचिकृत भएका अर्का अभिनेता हुन् ऋषि कपूर । भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार उनीसँग रिसको पुरानो नाता नै छ । 

रिलमा रोमान्समा मग्न हुने शाहरुख कति घमण्डी र रिसाहा होलान् ? या नहोलान् ? देख्दा रोमान्टिक देखिने शाहरुख खान आफ्ना समकक्षीसँग झगडा गर्नमा पोख्त छन्  । उनको बलिउडका थुप्रै कलाकारसँग दुश्मनी छ । उनी धेरै नै रिसाहा छन् ।  

सलमान खानलाई घमण्डी छैनन् भन्ने त कमै भेटिन्छन् । उनले सञ्चालन गर्ने रियालिटी शोहरुबाट पनि उनको व्यवहार त सजिल्यै चिन्न सकिन्छ । उनले विवेक ओबरायको करियर नै भताभुङ्ग बनाइदिए । प्रायः बलिउडका कलाकार उनीसँग मुकाबिला गर्न डराउँछन् ।  

कट्रिना कैफ आफ्ना दर्शकसँग राम्रो तरिकारले प्रस्तुत हुन सक्दिनन् । उनले एक पटक बच्चा फ्यानले अटोग्राफ माग्दा उनले ती बच्चालाई सुटिङबाट बाहिर निकालिदिएकी थिइन् । 

करीना कपूर, सोनम कपूर र अनुष्का शर्मा पनि यो सूचिमा पर्छन् । करीनाको एकदमै रुखो छ व्यवहार भने उनको अरुलाई होच्याउने बानी पनि छ । यता, सोनम कपूर सार्वजनिक स्थलमा बोल्न नै जान्दिनन् भने अनुष्का मानिसहरुलाई एकदमै होच्याएर व्यवहार गर्छिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप