शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सोनम गेयरको बम्पर अफर, कपडामा ६० प्रतिशतसम्म छुट

शुक्रबार, २७ मङ्सिर २०७६, १३ : ०९
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं – व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत कम्पनीले आफ्नो विभिन्न उत्पादनमा विशेष छुट दिने घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम सेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्याग लगायत उत्पादनहरु उपलब्ध छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको के.एल टावर, सुन्धाराको सिभिल मल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सि.जी. ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् । यो अफर १५ डिसेम्बरदेखि ५ जनवरीसम्म चल्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप