बजारको मध्य भागबाट राजमार्ग लैजानुहुन्न : मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशिया राजमार्गका रुपमा विकास गरिने पूर्वपश्चिम राजमार्ग हेटौँडा बजारको मध्य भागबाट नलगिने बताएका छन् । नारायणी यातायात व्यवसायी प्रालिद्वारा आज आयोजित कार्यक्रममा उनले व्यस्त बजारको बीचबाट अन्तर्राष्ट्रिय मापदण्डको राजमार्ग लैजाँदा विकासशील हेटौँडाको विकास प्रक्रियासमेत रोकिने बताए । ठूला ठूला लहरी, मालवाहक वा अत्यधिक गतिमा कुद्ने मोटर व्यस्त बजारबाट गुडाउने कुराले आधुनिक विकास हुन नसक्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री पौडेलले ५० मिटरको फराकिलो बाटो चौकी टोल–कर्रा खोला–रातोमाटे भएर बन्न शुरु भइसकेको बताए । कसैको घर भत्किए मेरो घरअगाडि पर्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने भन्दै उहाँले बजार क्षेत्रमा ३२ मिटरको फराकिलो बाटो बनाइने र ३२ मिटरभित्र चार लेनको बाटो, पार्किङ र बगैँचासमेत निर्माण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै