बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गुहेश्वरीमा छिट्टै फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन हुन्छ: मन्त्री मगर

शुक्रबार, २७ मङ्सिर २०७६, १५ : ३४
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने बताएकी छिन् ।  मन्त्री मगरले शुक्रबार प्रशोधन केन्द्रको निरिक्षण गरी निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब छिट्टै उद्घाटन हुने मिति तय हुने बताएकी हुन् ।

उनले प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने बताएकी हुन् ।

दुई वर्ष अघि निर्माण थालिएको प्रशोधन केन्द्रको निर्माण कार्य २०७६ साउन महिनामा सम्पन्न गरिसक्नुपर्ने थियो । तर केही ढिला भएपनि काम सम्पन्न भएको मन्त्री मगरले बताइन् । सरकारले बागमती नदिको सफाई अभियान अन्तर्गत काठमाडौं उपत्यकाको ढल सिधै नदिमा मिसिन नदिन ढल प्रशोधन केन्द्र निर्माण गरेको हो ।

२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी) ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप