पाकिस्तानमा बस र भ्यान ठोक्कियो, १३ जनाको मृत्यु
शुक्रबार, २७ मङ्सिर २०७६, १६ : ०५
एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ ।
बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो ।
सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन ।
तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ