बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहिन भएकै कारण दिइएन शिक्षकलाई नियुक्ति !

शुक्रबार, २७ मङ्सिर २०७६, १८ : १५
शुक्रबार, २७ मङ्सिर २०७६

पोखरा । हामीले सुनिरहेकै शब्द हो समावेशीता । विभिन्न मुद्दाहरुलाई राज्यले समानुपातिक समावेशीको नाममा संस्थागत पनि गरेको छ । यद्यपि, शिक्षक सेवा आयोग पास गरेका गुल्मीका एक दृष्टिविहिन शिक्षकलाई दृष्टिपिहिन भएकै कारण विद्यालयहरुले नियुक्ति दिन आनाकानी गरिरहेका छन् ।

रुरु गाउँपालिका ५— सुलडाँडा गुल्मी स्थायी बसोबास भएका काशीनाथ ज्ञवाली ‘मिश्रित’ शिक्षक सेवा आयोगबाट लिइने परक्ष्ीामा नाम निकालेर पनि विद्यालयले नियुक्ति दिन आनकानी गरेपछि राहत कोटामा पढाउन बाध्य छन् । ज्ञवालीले शिक्षक सेवा आयोगले लिने परीक्षामा खुल्ला तर्फबाट छैठौं तहमा नेपाली विषयमा माध्यमिक तहका लागि नाम निकालेका हुन् । 

गएको जेठमा शिक्षक सेवा आयोगको परीक्षाफल निस्केपछि नेपाली विषयका लागि नाम निकालेका ३ शिक्षकलाई शिक्षा तथा मानवश्रोत विकास केन्द्र विभागले रुपन्देहीमा पठायो । तर, रुपन्देही पुग्दा जिल्ला विकास समन्वय इकाइले विभागले हचुवाको भरमा विभागले शिक्षक पठाएको र रुपन्देहीमा नेपाली विषयका लागि कुनै पनि विद्यालय खाली नभएको बताउँदै नियुक्ति दिन अस्वीकार ग¥यो । ‘विभागले हचुवाको भरमा शिक्षक पठायो भन्दै रुपन्देहीमा लिन मानिएन,’ शिक्षक ज्ञवालीले भने, ‘त्यहाँबाट फर्काइयो ।’

रुपन्देहीबाट फिर्ता पठाई सकेपछि दोस्रो पटक विभागले असोज १२ गते लमजुङमा खालि रहेको भन्दै पत्र पठायो । ज्ञवाली विभागको पत्र बोकेर लमजुङ पुगे । तर, लमजुङबाट पनि ज्ञवाली फिर्ता हुनुप¥यो । 
आफू दृष्टिविहिन भएकै कारण विद्यालयमा नियुक्ति नदिइएको ज्ञवालीको भनाई छ ।

‘असोजको २८ गते पुगेको थिए लमजुङ,’ शिक्षक ज्ञवालीले भने, ‘इकाइका अध्यक्ष वीरबहादुर गुरुङ भन्ने थिए, म पुगिसकेपछि तपाईंलाई स्वागत छ । अब तिहार पनि आइसक्यो, तिहार मानेर ढुक्कले आउनुस्, मैले पालिकासँग समन्वय गर्छु, पालिकामा करारमा राखेका शिक्षकलाई पदस्थापन गर्नपर्ने हुन्छ, सल्लाह गर्छु भन्नु भयो । तिहारपछि सम्पर्क गर्दा तपाईंलाई विभागमै फिर्ता गर्नुपर्ने भयो, यहाँ कसैले लिन मानेनन् भन्ने कुरा आयो, ब्लाइन्ड कसरी पढाउँछ भनेर नै नलिएका हुन् ।’

ज्ञवालीसँगै नाम निकालेका अरु २ को भने नियुक्ति भइसकेको छ ।  यस विषयमा शिक्षा तथा मानवश्रोत विकास केन्द्र विभागका सूचना अधिकारी माधवप्रसाद दाहालसंग सम्पर्क गरेर बुद्मन खोज्दा दृश्टिबिहीनहरुलाई धेरैजसो विद्यालयले लिन नखोज्ने समस्या रहेको बताए । ‘सरकारी स्कुलले पनि असक्षम जस्तो ठान्छन्,’ उनले भने, ‘हाजिरी लिनै नमान्ने हुन्छन् । त्यसैले रोकिएको हो, नलिई त सुखै छैन ।’ कापि जाँच गर्न पनि अर्कैको सहायता लिनुपर्ने भएकाले पनि दृष्टिविहिन शिक्षक लिन विद्यालयले आनाकानी गर्ने गरेको उनले सुनाए । 

तपाईं जस्तो जिम्मेवार निकायमा बसि सकेपछि किन कारवाही गर्न सक्नुभएन ? हामीले सोध्यौ । विभागका निर्देशक रविन्द्रकुमार बुढापृथीले राज्यको संयन्त्र नै कमजोर भएका कारण कारबाही गर्न असक्षम रहेको बताए । ज्ञवालीको जति सक्दो चाँडो नियुक्तिका लागि प्रयास भइरहेको उनले जानकारी दिए । 

शिक्षण पेशासँगसँगै ज्ञवाली कविता र निबन्धमा पनि कलम चलाउँछन् । उनको ‘बोकाको मन’ नामक कृति गत वर्ष बजारमा आएको छ । ज्ञवालीको खण्डकाव्य पनि प्रकाशित छ । ज्ञवाली अहिले रुरु गाउँपालिका ५ रानीबासमा रहेको श्री जनबोध उच्च माध्यमिक विद्यालयमा राहत कोटामा प्रध्यापनरत छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप