बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाक्सीबारीमा रहेका पौडेललाई देउवाको फोन

शुक्रबार, २७ मङ्सिर २०७६, २१ : २४
शुक्रबार, २७ मङ्सिर २०७६

काठमाडौं । काँग्रेसको संस्थापन इतर समूहले १४औं महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाएको छ । शुक्रबार (आज) अपराह्न पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाएको हो ।

भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, दिलेन्द्र बडू र हृदयराम थानीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 उक्त भेलाले १४औं महाधिवेशनको कार्यतालिकालाई बटमलाइन बनाइएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । यद्यपि बैठककै बीचमा सभापति शेरबहादुर देउवाले पौडललाई फोन गरेपछि उक्त भेलाले ठोस रणनीति भने तय गर्न सकेन । 

ती नेताका अनुसार देउवाले शनिबार पौडेल निवासमै पुगेर उनीसँग भेटवार्ता गर्ने भएका छन् । ती नेताका अनुसार पौडेलसँगको भेटमा देउवाले महाधिवेशनको कार्यतालिकालाई छलफलको एजेण्डा बनाए इतर पक्ष आगामी बैठकमा सहभागी हुनेछ । 

विहीबारको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने संस्थापन पक्षको अडानपछि इतर पक्षले बैठक बहिस्कार गरेको थियो । 

पौडेल पक्षको बहिस्कारका बिच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको छ । उक्त एजेण्डामाथि छलफल गर्न मंसिर २९ गतेलाई केन्द्रीय समिति बैठक बोलाइएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप