शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः आज पनि देशभर वर्षा र हिमपात

शनिबार, २८ मङ्सिर २०७६, ०६ : ४०
शनिबार, २८ मङ्सिर २०७६

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । शनिबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । 

महाशाखाका अनुसार शनिबार दिनभरी देशका  देशका मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ। 

देशका मध्य र पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ । 

यसैगरी आज राशि देशभरी नै आंशिकदेखि सामान्य बदली  हुनेछ भने उच्च पहाडीसहित हिमाली भू–भागहरुमा कतै हल्का र कतै मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप