बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

शनिबार, २८ मङ्सिर २०७६, ०८ : २४
शनिबार, २८ मङ्सिर २०७६

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बा९२प ५१९२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकल चालक सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नं ३ का २९ वर्षीय प्रकाश दाहालको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो दुर्घटनामा परी घाइते भएका सोही ठाउँका ३१ वर्षीय नवराज दाहालको टाउको र खुट्टामा चोट रहेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप