शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हस्पिट्यालिटी एण्ड फूड सेफ्टी’ बारे गोष्ठी सम्पन्न

शनिबार, २८ मङ्सिर २०७६, १० : १२
शनिबार, २८ मङ्सिर २०७६

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) र सेफ एशोसिएशन अफ नेपालको सहकार्यमा शुक्रबार रोयल व्याङ्क्वेट तीनकुनेमा ‘हस्पिट्यालिटी एण्ड फूड सेफ्टी’सम्बन्धी एक कार्यशाला गोष्ठी सम्पन्न भयो । 
 
रेष्टुराँ सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृतहरुको सहभागितामा सम्पन्न यस गोष्ठीमा म्यारिओट होटलका लर्निङ एण्ड डेभेलपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठबाट ‘हस्पिट्यालिटी क्षेत्रमा मानव संसाधनको भूमिका र उनीहरुप्रति सञ्चालकहरुको जिम्मेवारी’ विषयमा र फुडमाण्डौँका कार्यकारी प्रमुख निदान श्रेष्ठबाट ‘अनलाइनमा रेष्टुरेण्ट व्यवसायको अवसर र चुनौती’ विषयमा प्रस्तुति दिएका थिए । 

त्यसैगरी, एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीबाट ‘फूड  प्रोडक्शन, सेफ्टी एण्ड हाइजिन’ विषयमा प्रस्तुति दिएका थिए भने गेट कलेज मण्डिखाटारका प्रमुख कार्यकारी अधिकृत खेम खलैले ‘रेष्टुरेन्ट सञ्चालन’ विषयमा प्रस्तुति दिएका थिए ।     

सहभागीहरुले गोष्ठीको समापनमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नियमित कार्यक्रमसँगै अन्य पृथक कार्यक्रम पनि सञ्चालन गर्न आयोजक संस्था रेबान र सेफ एशोसिएशनलाई आग्रह गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप