बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भोलि धनुषाभरीका संस्थागत विद्यालय बन्द

शनिबार, २८ मङ्सिर २०७६, १६ : ५३
शनिबार, २८ मङ्सिर २०७६

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा गएराति भएको विष्फोटमा परि एक विद्यार्थीको समेत मृत्यु भएपछि आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहने भएका छन् । 

जनकपुरस्थित सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । 

घटना पश्चात् प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आइतबार निजी विद्यालयहरु बन्द रहने जनाएका हुन् । 

सो बिस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश भनिने राजेश्वर साहको समेत मृत्यु भएको थियो । आनन्द राजेश्वरका छोरा  हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप