बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आँधीपछि क्यालिफोनिर्याका तटमा देखिए हजारौंका संख्यामा यस्ता जीव

शनिबार, २८ मङ्सिर २०७६, १८ : ०९
शनिबार, २८ मङ्सिर २०७६

एजेन्सी । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोभन्दा पचास माइल टाढा पर्ने एक समून्द्री तटमा मानव लिङ्ग आकारका जीव हजारौंको संख्यामा देखिएका छन् । 

उक्त जीव अर्चिस कोपो प्रजातिको किरा भएको जीव वैज्ञानिकले जानकारी दिए । प्रजातिको हिसाबमा किरा भए पनि स्थानीयस्तर भने यसलाई ‘लिङ्ग माछा’ भन्ने गरिन्छ, जुन नाम जीवनको मानव लिङ्गजस्तो आकारका कारण पाएको हो ।

यी किराहरु बालुवामा निकै भित्रसम्म दुलो बनाए बस्ने गर्छन् । तर पछिल्लो पटक आएको आँधीले तिनलाई जमिनमा निकालिदिएको थियो । अहिले यी माछाले ड्रेक समुन्द्री तट ढाकिएको छ । 

‘बोसोलाई शरीरभित्र संग्रह गरेर राख्ने यो जीवको शारीरिक बनावट केही अनौठो त देखिन्छ । तर यसको बनावट भूमिगत रुपमा जीवन जिउने जीवको लागि एकदम उपयुक्त छ ,’ जीव वैज्ञानिक इभान पारले भने । 
इभानका अनुसार यी प्राणीका ३० करोड पुरानोसम्म जीवाश्मा पाइएका छन् र यी २५ वर्षसम्म बाच्ने गर्छन् । 

समुन्द्र किनारको बलौटे भागमा यो जीवले अंग्रेजी वर्णको ‘यू’ आकारमा कयैन फिट गहिरो खाडल खन्ने गर्छ । तिनले खन्ने दुलामा अन्य जीवहरु पनि बसोबास गर्ने गर्छन् ।

यी जीवहरु समुन्द्री छालमा बहेर समून्द्रभित्र पनि पुग्छन् जहाँ ती माछा, सार्क र अन्य समुन्द्री जीवको आहार हुन्छन् । 

विश्वका केही भागमा यसलाई मानिसले पनि खान्छन् । पूर्वी एशिया विशेष दक्षिण कोरियामा पाइने यो जीवको एक प्रजाति अर्चिस यूनिसिन्कटसलाई त्यो क्षेत्रमा भोजनको रुपमा खाइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप