शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय  र स्थायी समिति बैठक भोलि

शनिबार, २८ मङ्सिर २०७६, २० : २०
शनिबार, २८ मङ्सिर २०७६

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबारलाई बोलाइको सचिवालयको बैठक स्थगित भएको छ। 

शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालय बैठक आइतबार विहान ९ बजेलाई सारिएको छ ।  नेताहरुको कार्यव्यस्तताका कारण शनिबार बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायत विषयमा छलफल गर्ने छ ।

यसअघि शुक्रबारलाई  बोलाएको बैठक शनिबारलाई सारिएको थियो । आइतबार  सचिवालयको बैठक सकिएपछि ११ बजे नेकपा स्थायी समिति बैठक पनि बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप