शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी प्रहरीद्वारा प्रधानमन्त्री खानका भतिजको घरमा खोजतलास

शनिबार, २८ मङ्सिर २०७६, २३ : १६
शनिबार, २८ मङ्सिर २०७६

लाहोर । पाकिस्तानको प्रहरीले प्रधानमन्त्री इमरान खानका भतिजको घरमा शनिबार खोजतलास गरेको छ । एक दिन पहिले लाहोरको एक अस्पतालमा भएको हुलदङ्गाको भनिएको भिडियामा प्रधानमन्त्रीका भतिज देखिएपछि प्रहरीले लाहोरमा खानतलासी गरेको हो । खानतलासीको समयमा हसन नाइजी घरमा भने नभएको बताइएको छ ।

चिकित्सकहरूसँगको विवादपछि करिब २०० वकीलहरूको सहभागितामा ‘पञ्जाब हार्ट इन्स्टिच्युट हस्पिटल’ मा बुधबार भएको आन्दोलनमा वकील पेशा भएका खानका भतिज नाइजीको पनि सहभागिता भएको शुक्रबार सार्वजनिक भिडियोमा देखिएको थियो । 

प्राप्त समाचार अनुसार वकीलहरूको आन्दोलनमा नाइजीको सम्लग्नता रहेको भएपनि आन्दोलनले हिंसात्मक रूप लिएपछि उहाँ उक्त भीडबाट पछि हटेका सञ्चारमाध्यमहरूले जनाएका छन् । 

नाइजीले वकीलहरूको शान्तिपूर्ण आन्दोलनमा आफ्नो समर्थन दर्शाउन अस्पताल परिसरमा पुगेको स्वीकारेका छन् । तर उनले उक्त आन्दोलनको भावना विपरीत हिंसात्मक रूप लिएको भन्दै यसमा सहभागी भएकोमा आत्मआलोचना गरेका छन् ।

घटनामा प्रदर्शनकारीले अस्पतालका सामान तोडफोड गर्नुका साथै प्रहरीको सवारी साधनमा समेत आगो लगाइदिएका थिए ।

प्रहरीले शनिबार प्रधानमन्त्रीका भतिजको घरसहित विभिन्न पाँच स्थललाई खोजतलास गरेको थियो ।

 खोजतलासबारे प्रहरीले पुष्टि गर्दै भनेको छ, ‘घटनामा सम्लग्न जोकोही पनि पक्राउ पर्ने र अनुसन्धान हुनेछन् । अनुसन्धानमा निर्दोष भेटिएमा उनीहरूलाई छिट्टै छोडिनेछ ।’ -एएफपी/Photo: 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप