फुटबलर ओजिलले चीनको कदमविरुद्ध आवाज उठाएपछि...
एजेन्सी । फुटबल क्लब आर्सेनलका मेसुत ओजिलले चीनमा विगुर मुसलमानहरुमाथि भएको उत्पीडनको बिरूद्ध आवाज उठाएका छन्। उनले शुक्रबार ट्वीटरमार्फत भनेका छन्, ‘चीनमा मस्जिदहरू भत्काइदैछ। त्यहाँ मौलविसहरू मारिए, बच्चाहरू स्कूल जान सक्दैनन् । यी सबै हुँदाहुँदै पनि विश्वभरका मुस्लिम र मुस्लिम देशहरू मौन छन् ।’
टर्की मूलका ओजिल २०१० को विश्वकप जित्ने जर्मन फुटबल टीमको सदस्य समेत हुन् । उनी विश्व कपपछि गोल्डेन बलका लागि शीर्ष १० खेलाडीहरू मध्येका एक हुन् । गतवर्ष टर्कीका राष्ट्रपति रजब तयब अर्दोनसँग फोटो खिचेपछि ओजिल चर्चामा थिए । त्यसलगत्तै उनको विश्वसनीयतामा जर्मनीका फुटबल प्रशंसकहरुले प्रश्न उठाइएका थिए। त्यसलगत्तै ओजिलले जर्मनीको राष्ट्रिय टोली छोडेका थिए ।
ओजिलले ट्वीट गर्दै भनेका छन्, ‘कुरान जलाइँदैछ। मस्जिदहरू बन्द वा ध्वस्त भइरहेको छ। मुस्लिम विद्यालय (मदरस) प्रतिबन्धित छन् । मुस्लिम धार्मिक नेताहरू (मौलवीहरू) एक एक गरी मारिए। भाइहरूलाई जबरजस्ती शिविरहरूमा पठाइन्छ। विश्वभरका मुस्लिमहरू मौन छन्। तिनीहरूको आवाज सुन्न कतै छैन ।’
चिनियाँ सरकारले सिन्जियाङ प्रान्तको शिविरहरुमा करिब १० लाख विगुर मुस्लिमहरुलाई कैद गरेको सञ्चारमाध्यामहरुले बताउँदै आएका छन् । सो प्रान्तमा साम्प्रदायिक दङ्गा भड्किने डरले चीनले विशेष सर्तकता अप्नाउँदै आएको छ । ओजिलको उक्त ट्वीटलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले प्राथमिकता दिएका छन् ।Photo: dainik-bhaskar
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा