शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

४१ महिनाभित्र नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग

आइतबार, २९ मङ्सिर २०७६, ०६ : ५०
आइतबार, २९ मङ्सिर २०७६

अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ । 

काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

उक्त सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी हाज्मा आन्दो कर्पेरिसन कम्पनीले गत नोभेम्बर १४ (कात्तिक १८) देखि ४२ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्ने कार्ययोजना पेस गरिसकेको छ । 

जापान सरकारको सहुलियत ऋण सहयोगमा बन्न लागेको उक्त आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप