शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काउटिन्होको ह्याट्रिकमा बायर्नको गोल वर्षा

आइतबार, २९ मङ्सिर २०७६, ०८ : १७
आइतबार, २९ मङ्सिर २०७६

फिलिपे काउटिन्होको ह्याट्रिकको मद्दतले बायर्न म्युनिखले वेर्डर ब्रेमेनलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ ।

खेलमा अग्रता भने ब्रेमेनले लिएको थियो । मिलोट रासिकाले खेलको २४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए ।

तर, ब्राजिलियन खेलाडीले पहिलो हाफको अन्त्यतिर बायर्नका लागि बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए ।

दोस्रो हाफमा काउटिन्होले दुई गोल थप्दै ह्याट्रिक पूरा गरे भने लेवान्डोस्कीले अर्को गोल थपे । लेवान्डोस्कीले यो सिजन २३ खेलमा २९ गोल गरेका छन् । बायर्नका लागि अर्को गोल थोमस मुलरले गरे ।

जीतसँगै बायर्न १५ खेलबाट २७ अङ्क बटुल्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

अन्य खेलमा रेडबुल लेइपजिगले डुसेलडोर्फलाई ३–० को अन्तरले हराउँदै लिगको शीर्षमा उक्लिएको छ । एक खेल कम खेलेको बोरुसिया मोचेनग्लाडब्याच ३१ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डले माइन्जलाई ४–० ले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप