मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको पीडा महसुस गर्न अक्षय कुमारले लिए प्रसव पीडा परीक्षण, चिच्याउँदै भने यस्तो (भिडियो)

आइतबार, २९ मङ्सिर २०७६, ०९ : ०५
आइतबार, २९ मङ्सिर २०७६

अक्षय कुमारको नयाँ फिल्मको नाम ‘गुड न्यूज’ हो । यो फिल्ममा उनीबाहेक करिना कपुर खान, कियारा आडवाणी र दिलजीत दोसांझ पनि छन् । फिल्मको प्रोमोशन तीब्र रुपमा अघि बढिरहेको छ । यसैबीच फिल्मका निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ । भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महसुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।

वास्तवमा कृत्रिम प्रसव पीडाका लागि उपकरणको प्रयोग गरिएको छ जसले बच्चा जन्माउने बेला जति पीडा हुन्छ, त्यो महसुस गराउँछ । भिडियोमा देखिए अनुसार जति जति पीडाको मात्रा बढाइन्छ त्यति नै दिलजीत र अक्षय चिच्याउन थाल्छन् ।

अक्षय–दिलजीतले सेयर गरे अनुभवः

उक्त परीक्षणपछि अक्षय र दिलजीतले भने, ‘बच्चा जन्माउनु निकै मुश्किल काम हो । डाक्टरले बताए अनुसार हामीले परीक्षणको क्रममा जति पीडा महसुस गर्नुपर्यो महिलाले वास्तवमा त्योभन्दा निकै धेरे पीडा महसुस गर्नुपर्छ । हामी संसारका सबै महिलाको सम्मान गर्छौं जसले यो पीडा सहन्छन् ।’

बच्चाको जन्ममा आधारित छ फिल्म गुड न्यूजः

फिल्ममा अक्षय र करिनाले यस्तो जोडीको भूमिका निभाइरहेका छन् जसले आमा–बुवा बन्नका लागि आइभिएफ प्रविधीको सहारा लिएका छन् । कहानीमा ट्वीस्ट त्यतिबेला आउँछ जब एकै थर भएका कारण वीर्य अर्को जोडीसँग साटिन्छ । दिलजीत दोसांझ र कियारा आडवाणीले त्यही अर्को जोडीको भूमिका निभाइरहेका छन् ।

फिल्म २७ डिसेम्बरमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप