शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको रिजर्भ बस दुर्घटना : १२ जनाको मृत्यु , १८ घाइते

आइतबार, २९ मङ्सिर २०७६, ०९ : १८
आइतबार, २९ मङ्सिर २०७६

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको  मृत्यु भएको  छ भने १८ जना घाइते भएका छन् । 

आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । 

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप