शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षय खन्नाले सोधे, ‘करण जोहरको १० वटा पार्टीमा गएँ भने के उनले मलाई काम देलान् ?’

आइतबार, २९ मङ्सिर २०७६, ०९ : ४१
आइतबार, २९ मङ्सिर २०७६

सन् १९९७ मा आफ्नो फिल्मी करियरको सुरुवात गरेका नायक अक्षय खन्नाले बलिउडमा २२ वर्ष बिताइसकेका छन् तरपनि उनी ठूला ब्यानरको फिल्ममा निकै कम देखिन्छन् । उनी आजकाल फिल्म ‘सब कुशल मंगल’ को प्रोमोशनमा व्यस्त छन् ।

अक्षयले एक अन्तर्वार्ताको क्रममा कमेडीको नाममा उनी दोहोरो अर्थ लाग्ने ठट्टायुक्त फिल्ममा काम गर्न चाहँदैनन् । उनले आफू ‘सब कुशल मंगल’ फिल्मबाट निकै प्रभावित भएको र उनले आफ्ना निर्माता साथी नितिन मनमोहनलाई यो फिल्ममा काम गर्नका लागि अप्रोच गरेका थिए । पार्टीबाट टाढै बस्ने अक्षयले आफ्नो करियरबारे पनि कुरा गरेका छन् ।

एनबीटीसँगको कुराकानीमा अक्षयले भने, ‘मैले पछिल्लो थुप्रै वर्षदेखि सुनिरहेको छु कि यदि यो उद्योगमा लगातार फिल्म गर्न चाहनुहुन्छ भने तपाईंले प्रभावशाली व्यक्तित्वसहित सम्पर्क स्थापित गर्न जरुरी छ । मैले अहिलेसम्म यो कुरा बुझ्न सकेको छैन । अर्थात् यदि म करण जोहरको १० वटा पार्टीमा गएँ भने के उनले मलाई पक्का रुपमा आफ्नो अर्को फिल्ममा कास्ट गर्लान् ? मलाई त्यस्तो लाग्दैन । यदि मलाई कसेले कास्ट गर्न चाहन्छन् र यदि मैले करणको पार्टीमा जान अस्विकार गरेँ भने के उनले मलाई कास्ट गर्दैनन् ? मलाई त्यस्तो लाग्दैन ।’

रवि किशनकी छोरीसँग काम गरिरहेका छन् अक्षयः

स्मरण रहोस्, यो फिल्मसँगै रवि किशनकी छोरी रिवा किशनले पनि आफ्नो फिल्मी करियरको सुरुवात गर्दैछिन् । यो फिल्मलाई करण विश्वनाथ कश्यपले निर्देशन गरेका छन् । यो उनको पहिलो फिल्म हो । यो फिल्मसँगै पद्मिनी कोल्हापुरेका छोरा प्रियांक शर्माले पनि आफ्नो फिल्मी करियरको सुरुवात गर्दैछन् । उनी रिवाको अपोजिटमा देखिँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप