बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १४ पुग्यो (अपडेट)

आइतबार, २९ मङ्सिर २०७६, ०९ : ४६
आइतबार, २९ मङ्सिर २०७६

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । 

यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् । 

आइतबार बिहान ८ः३० बजे बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए । 

इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप