शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : स्थायी समिति बैठकका लागि ५ एजेण्डा तय

आइतबार, २९ मङ्सिर २०७६, ११ : ५४
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।

करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ । तीन–तीन महिना बस्नुपर्ने बैठक विभिन्न कारण देखाउँदै बस्न सकिरहेको थियो । आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

आजको सचिवालय बैठकमा केही बेर प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए । ओलीले बैठकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । श्रेष्ठका अनुसार प्रम ओलीले सचिवालय सदस्यहरुलाई आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जानकारी दिएका थिए । बैठकले प्रम ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप