मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

तीनवटा देशबाट ल्याइने औषधी डब्लुएचओ सर्टिफाइड नभएको भन्दै सांसदहरुको आपत्ति

आइतबार, २९ मङ्सिर २०७६, १४ : १८
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं ।  सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा पूर्व स्वास्थ्यमन्त्री मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन् ।

त्यस्तै उनले अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पु¥याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको बताएका छन् ।

समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताए । उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताए ।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको बताएका छन् । उनीहरुले अन्य मुलूकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप