शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन झ्याप्प–झ्याप्प बत्ति गइरहेको छ ? यसो भन्छन् कुलमान

आइतबार, २९ मङ्सिर २०७६, १४ : २८
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिद्युत जाने र आउने भइरहेको छ । ग्राहकलाई विद्युत आपूर्तिका लागि विद्युत परिणाममा कुनै समस्या नभएपनि प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ । 

हिजो र अस्ति पानी परेका कारण केही प्राविधिक समस्या आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘हिजो र अस्ति पानी परेको थियो । लामो समय पानी नपरेर एक्कासी पानी परेपछि विद्युत वितरणमा समस्या आउँछ । विद्युत प्रर्याप्त मात्रामा छ केही ठाउँमा प्राविधिक समस्या आएको हुनसक्छ । त्यसलाई हामीले हेरिरहेका छौँ ।’ 

ललितपुरका विभिन्न क्षेत्रका साथै काठमाडौंका केही स्थानमा शनिवारदेखि विद्युत जाने आउने गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप