जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी
इनरुवा - जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका गोपालराज भण्डारी विजयी भएका छन् ।
काँग्रेस र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका संयुक्त उम्मेदवारका रुपमा रहेका भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसैगरी उपसंयोजकमा लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिएकी कृष्णकुमारी विक विजयी भएकी छन् ।
यस्तै सदस्यमा सीतादेवी पौडेल, नुनु अन्सारी, चिरञ्जीवी बस्नेत, अहिलिया देवी मेहता, नौशाद मियाँ, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस सुनसरीका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक फोरमले गठबन्धन गरेका थिए ।
गठबन्धनका तर्फबाट उम्मेदवारी परेपछि विपक्षी दलका तर्फबाट कुनै उम्मेदवारले उम्मेदवारी नदिएपछि भण्डारीको प्यानल र्निविरोध विजयी भएको हो । जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट