शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा लागु औषधसहित १ जना पक्राउ

आइतबार, २९ मङ्सिर २०७६, १४ : ४१
आइतबार, २९ मङ्सिर २०७६

बर्दिवास । महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो । 

मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले जेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान  बरामद गरेको सशस्त्र प्रहरी ९ नम्बर गणका गणपति निरकृष्ण अधिकारीले बताए ।

बरामद लागुऔषध र महतोलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप