शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

आइतबार, २९ मङ्सिर २०७६, १४ : ५२
आइतबार, २९ मङ्सिर २०७६

मनिला । फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए ।

फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने नरहेको जनाएको छ । प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्नीच्यूडको मापन गरिएको थियो । गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्नीच्यूडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए ।

उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरुमा क्षति पुगेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ, र बारम्बार भूकम्प जाने गर्दछ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप