बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवा र पौडेलको बहिस्कारका बीच काँग्रेस बैठक सुरु

आइतबार, २९ मङ्सिर २०७६, १५ : ३८
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह सहभागी छैन । 

आफूहरुको माग सम्बोधन नभएको भन्दै पौडेल र सिटौला समूहको बहिस्कार गरेको बताइएको छ । बैठक छाडेर नेता पौडेल पाथिभराको दर्शनका लागि ताप्लेजुङ पुगेका छन् । 

अहिले सानेपामा देउवा पक्षीय नेताकै सहभागितामा केन्द्रीय समिति बैठक बसिरहेको हो । देउवा पक्षका केन्द्रीय सदस्यमात्रैले पनि बैठकमा बहुमत पुग्छ । 

पौडेल पक्षले १४ औं महाधिवेशनको कार्ययोजना केन्द्रीय समिति बैठकमा ल्याइनुपर्ने माग गरेको छ । तर देउवा त्यसमा तयार भएका छैनन् । 

 पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा  पक्षको अडान छ । 

यही विषयमा कुरा नमिल्दा पौडेल पक्षले बिहीबारको बैठक पनि बहिस्कार गरेको थियो ।

यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति थियो । 

पौडेल पक्षको बहिस्कारकाबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप