नेपाल पूर्वाधार बैंकः चालू आर्थिक वर्षभित्र ५ अर्ब भित्र्याउने तयारी
काठमाडौं । नेपाल पूर्वाधार बैंकले चालू आर्थिक वर्षभित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने बताएका हुन् ।
२०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन् । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए ।
पूर्वाधार विकास बैंकले अहिले सम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ ।
बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ । यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै