मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अध्यक्ष प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त

आइतबार, २९ मङ्सिर २०७६, २१ : ५०
आइतबार, २९ मङ्सिर २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् । अध्यक्ष दाहलले आज एक शोक वक्तव्य निकालेर उक्त घटनाका घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
    
उनले दुर्घटनामा निधन भएका परिवारजनका लागि उचित क्षतिपूर्ति र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग माग पनि गरेका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा२ख ४४६८ नंको यात्रुबाहक बस लामोसाँघु जिरी सडकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १८ जना गम्भीर घाइते भएका थिए ।

यसैबीच प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले पनि उक्त दुर्घटनाले आफू निकै मर्माहित भएको बताउँदै दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति दुःख एवं समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वाथ्यलाभको कामनासमेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप