बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङबाट १२ जुवाडे पक्राउ

सोमबार, ३० मङ्सिर २०७६, १० : २४
सोमबार, ३० मङ्सिर २०७६

बुटवल । दाङ प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।  तुल्सीपुर उपमहानगरपालिका–६ स्थित कमला कमल घर्तीले सञ्चालन गरेको एलेक्सी जोन पुलहाउसमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले ५८ हजार  ५  सय  रुपैयाँ नगदसहित  ती जुवाडेलाई पक्राउ गरेको हो । 

   पक्राउ पर्नेमा  तुल्सीपुर ८ बस्ने ३५ बर्षीय टेकबहादुर घर्ती, सोही स्थानका ३० बर्षीय कमल घर्ती, २४ बर्षीय गोकर्ण बुडाथोकी, अजय बस्नेत,  तुल्सीपुर–१८ बस्ने बर्ष २७ का लक्ष्मण गिरि, तुल्सीपुर ५ का २६ बर्षीय शिवकुमार ओली रहेका छन् ।

 त्यस्तै  बर्ष २८ का सिद्धान्त गुरुङ्ग,  सोही उमेरका रुपेशकुमार गुप्ता, बर्ष २९ का  बर्ष २९ का  सन्दिप सेर्पाइली ,  तुल्सीपुर ९ का २८ बर्षीय राजेश कुमार बोहरा र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ घरभई तुल्सीपुर ५ बस्ने बर्ष २९ का रञ्जित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप