मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा जताजतै बम, रातभर प्रहरीलाई तनाव

सोमबार, ३० मङ्सिर २०७६, १० : ५४
सोमबार, ३० मङ्सिर २०७६

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकास्पद वस्तु फेला परेको हाे ।

आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शंकाष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ । 

जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शंकास्पद वस्तु देखिएको जानकारी दिए ।

विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाएको छ ।

जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि बम राखेको आशंका गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप