शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको भूमि अतिक्रमणको विरोधमा ह्वाइट हाउस अगाडि प्रदर्शन

सोमबार, ३० मङ्सिर २०७६, ११ : ०५
सोमबार, ३० मङ्सिर २०७६

नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्साभित्र पारेकोको विरोधमा ह्वाइट हाउस देखि डिसीस्थित भारतीय राजदुताबाससम्म विरोध प्रदर्शन गरिएको छ । 

शान्तिपूर्ण विरोध प्रदर्शन  अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसको अगाडि रहेको लाफाऐट  पार्क (उद्यान) वरिपरिको गोरेटोमा २ पटक चक्कर लगाएपछि डिसीको मुख्य शहर हुँदै भारतीय राजदुताबास पुगेर प्रदर्शनको समापन भएको थियो । 

यसैगरी विरोध प्रदर्शनको क्रममा भारतीय दुताबास अगाडि पनि ३ पटक घुमेर विरोध जनाएको डिसी विरोध जुलुसका संयोजनक कुलमणि आचार्यले जानकारी दिए ।

 कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महतले राष्ट्रप्रेमका गीत सुनाएका थिए भने व्यङ्ग्य कविता पनि वाचन गरेका थिए । साथै, प्रदर्शनमा सहभागिहरुले साहित्य, कला र नारामार्फत विरोध जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप