शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्वावेको ६ वटा नयाँ उत्पादनहरु सार्वजनिक, यस्ता छन् विशेषता

सोमबार, ३० मङ्सिर २०७६, १५ : २७
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौं । बहुप्रतिष्ठित चिनियाँ कम्पनी ह्वावेले नेपाली बजारमा एकैपटक ६ नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । 

आइतबार साँझ एक भव्य समारोहको आयोजना गर्दै कम्पनीले आफ्नो पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो स्मार्ट फोन सहित वाई नाइन एस फोन, वाच जीटी टु, ब्याण्ड फोर, ब्याण्ड फोर ई, फ्रि बड्स थ्री तथा फ्रिल्यान्सजस्ता वेयरेबलहरु सार्वजनिक गरेको हो । 

प्रोडक्ट सार्वजनिक गर्दै कम्पनीले आफ्नै इन्टेलिजेन्ट इकोसिस्टममा आधारित उत्पादनले नेपाली बजारमा आक्रामक व्यापार गर्ने र कम्पनीको प्रतिष्ठा थप माथि उठाउने बताएको छ । सोही कार्यक्रम मार्फत ह्वावेले खुल्ला इकोसिस्टम निर्माण गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएको छ । 

आफ्नै प्रविधिहरु ह्वावे मोबाइल सर्भिस, ह्वावे डिभाइसेस्, फाइभजी नेटवर्कहरु तथा एआईजडित एपहरु प्रयोग गरी उपकरणहरुलाई बिना कुनै समस्या कनेक्ट गर्न उक्त खुल्ला इकोसिस्टमले सम्भव तुल्याउने कम्पनीले जनाएको छ । 

ह्वावेका नयाँ उत्पादनहरु

ह्वावे मेट ३० प्रो

कम्पनीले पहिलो पटक बजारमा फ्ल्यागशिप ह्वावे मेट ३० प्रो फाईभजी स्मार्टफोन ल्याएको छ । मेट ३० प्रो अहिले सम्मकै उत्कृष्ट उत्पादन रहेको कम्पनीले बताएको छ । उक्त आइकोनिक स्मार्टफोनमा ९९० एसओसी टच स्क्रिन र एनएम र इयूभी प्रोसेसको प्रयोग गरिएको छ भने साउण्ड सिस्टम भोलुम किं र अन्य किंहरु समेत फोनको स्क्रिनभित्रै समावेश गरिएको छ । 

ह्वावे मेट ३० प्रोमा उत्कृष्ट ४० एमपी सिने क्यामेरा सहित चारवटा उच्चस्तरको क्वाड क्यामेरा प्रणाली, ४० एमपी सुपरसेन्सिङ क्यामेरा, ८ एमपीको टेलिफोटो क्यामेरा तथा थ्रीडी सेन्सिङ क्यामेरा उपलब्ध रहेको छ । कम्पनीले फ्रन्ट (सेल्फी)मा समेत ३२ एमपीको उच्चस्तरको क्यामेरा प्रदान गरेको छ । जसले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँने कम्पनीले दाबी गरेको छ ।

साथै सो फोनमा सुपरचार्ज तथा ईएमयूआई १० ले मोबाइलको ब्याट्री टिकाउ बनाउने र मोबाइल गेम खेल्न समेत उपयोगि रहेको कम्पनीले बताएको छ । ह्वावे मेट ३० प्रोको बजार मूल्य एक लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । 

ह्वावे वाच जीटी टु ४६ एमएम

ह्वावे वाच जीटी टु कम्पनीको बहुप्रतिक्षित उत्पादन हो । जीटी टु किरिन एआई चिपजडित उच्च कार्यक्षमताको ब्याट्री प्रयोग गरिएको स्मार्ट वाच हो । यसले एकपटको चार्जले दुई हप्तासम्म सहजै काम गर्दछ भने, ४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ । जसले एक हप्तासम्म सहिजलै चार्ज टिकाउछ ।

वाच जीटी टु स्मार्टवाचमा नयाँ विशेषताहरु र फङ्गसनहरु उपलब्ध रहेका छन् । सो वाचको १५ स्पोर्ट मोड तथा १० टे«निङ मोडहरु स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरुका लागि बहुउपयोगी हुने कम्पनीले बताएको छ । वाच जीटी टु को बजार मूल्य २९ हजार ९ सय रुपैयाँ रहेको छ ।

ह्वावे ब्यान्ड फोर तथा ब्यान्ड फोर ई

कम्पनीले सोही कार्यक्रम मार्फत ब्याण्ड फोर र ब्याण्ड फोर ई समेत सार्वजनिक गरेको छ । उक्त ब्याण्डले प्रयोगकर्ताको रक्तचाप समेत मापन गर्न सकिन्छ । ह्वावे ब्याण्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मुटुको धड्कन थप एक्युरेसीका साथ मनिटर गर्ने सामर्थ राख्दछ ।

त्यस्तै सो ब्याण्डमा अन्य ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाज मोडहरु उपलब्ध रहेका छन् । जसले दैनिक जीवनका उपयोगी फिटनेश र स्वास्थ्य अवस्थाको मनिटरिङ् सेवा प्रदान गर्दछ । यसको बजार मूल्य ब्याण्ड फोरको ४ हजार ४ सय रुपैयाँ र ब्याण्ड फोर ईको ३ हजार ४ सय रुपैयाँ रहेको छ ।

ह्वावे फ्रि बड्स थ्री

ह्वावे फ्रि बड्स थ्री उत्कृष्ट वायरलेस ब्लुटुथ इयरफोन हो । यसले हालै सम्पन्न आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा ११ वटा बेष्ट अफ आइएफए मिडिया अवार्ड समेत जित्न सफल भएको थियो । उक्त ह्वावे फ्रि बड्स थ्री टु ब्लुटुथलाई समेत कम्पनीले एक्कैंसाथ नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त ब्लुटुथमा उपलब्ध किरिन ए वान चिपको प्रयोगले इयरफोनको साउन्ड उत्कृष्ट बनाउनुका साथै प्रोसेसिङ्ग टेक्निकको मजा दिने कम्पनीले बताएको छ । यसको बजार मूल्य २० हजार ९ सय रुपैयाँ रहेको छ । 

ह्वावे फ्रि लेस

कम्पनीले सोहि कार्यक्रममार्फत अर्को उत्पादन ह्वावे फ्रि लेस सार्वजनिक गरेको हो । उक्त उत्पादन विशिष्ट अडियो साउण्ड सिस्टम हो । जसले उच्च ब्याट्री पावरका साथ उत्कृष्ट साउड सिस्टम प्रदान गर्ने कम्पनीले जनाएको छ । ह्वावे फ्रि लेसको बजार मूल्य ९ हजार ९ सय तोकिएको छ । 

यी ६ उत्कृष्ट उत्पादनका साथै कम्पनीले ह्वावे मेट ३० सँगै अर्को स्मार्टफोन वाइनाइन एस समेत सार्वजनिक गरेको छ । जुन फोन नाइन प्राइम २०१९ को अपग्रेट भर्जन हो । जसमा उत्कृष्ट अटो पपअप क्यामेरा उपलब्ध रहेको छ । साथै वाइनाइन स्मार्टफोनमा आधुनिक र आकर्षक डिजाइनमा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामेरा तथा साइड फिंगरप्रिन्ट डिजाइ उपलब्ध रहेको छ । यसको मूल्य भने सार्वजनिक गरिएको छैन । 

साथै कम्पनीले छिट्टै नेपाली बजारमा ह्वावे वाच जीटी टु ४२ एमएम स्मार्ट वाच समेत सार्वजनिक गर्ने जनाएको छ । 

ह्वावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर कम्पनी मानिन्छ । कम्पनीले सन् २०१९ को अक्टोबर सम्ममा विश्व बजारमा २ सय मिलियन युनिट उत्पादन निर्यात गरिसकेको जनाएको छ । जुन तथ्याङ् गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ । 

एक वर्षमा कम्पनीको ब्यापार २१४ प्रतिशतले कम्प्युटर, १० प्रतिशतले ट्याब्लेट, २६० प्रतिशतले स्मार्ट अडियो र २७२ प्रतिशतले वेयरेबल उत्पादनहरुको बिक्रि वृद्धि भएको ह्वावेले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप