शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकारद्वय भट्टराई र क्षत्रीको अन्त्येष्टि गरियो, सम्मानमा सञ्चारमन्त्रीले ओढाए राष्ट्रिय झण्डा (फोटोफिचर)

सोमबार, ३० मङ्सिर २०७६, १७ : ३५
सोमबार, ३० मङ्सिर २०७६

काठमाडौँ । स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

 कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष  समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो । अन्तिम संस्कार भने आजै पशुपति आर्यघाटमा एकै समयमा भएको हो । 
कलाकारद्वयलाई श्रद्धाञ्जली दिन सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा पशुपति आर्यघाट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराई र क्षत्रीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । 
यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट दुबै कलाकारको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । जहाँ कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए । 

शनिबार कलाकार क्षत्री डिल्ली बजारस्थित आफ्नै निवासको कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय रहेका ५८ वर्षीय क्षत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

उनको अभिनय रहेको पछिल्लो चलचित्र  ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका  छ ।

यस्तै आइतबार राति चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको निधन भएको हो ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 

भट्टराई अनामनगरमा बस्दै आएका थिए भने घरमा रहेकै बेला एकाएक स्वास्थ्यमा समस्या आएको थियो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

 भट्टराई एक वर्षअघि चलचित्र विकास वोर्डको अध्यक्ष चयन भएका थिए।

करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षीय भट्टराई एक पत्नी र छोरा रहेका छन्। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप